प्रणाम सुन्दरसाथजी ! श्रीकृष्ण प्राकाट्य महोत्सवको शुभकामना!
आज श्रीकृष्ण प्रणामी मन्दिर, आश्रम, सत्संगस्थल एवं सुन्दरसाथहरुको घरमा श्रीकृष्ण प्राकट्य महोत्सव धुम धामसँग मनाईदै छ| विभिन्न धर्म/ दर्शनहरुमा आबद्ध एवं भर्खरै मात्र तारतम मन्त्र लिएर श्रीकृष्ण प्रणामी जमातमा समाबेस हुनुभएकाहरुमा भक्तजनहरुमा समेत श्रीकृष्ण जन्मोत्सवलाई लिएर अनेक प्रश्न रहेको पाइयो|
' कृष्ण ' नामले यस संसारमा तिन स्वरूपद्वारा लिला गरिएको छ , जुन कुरा श्रीमद्भागवत, बृहद्सदाशिव संहिता, सनतकुमार संहिता लगयात हिन्दु धर्मका प्रमुख ग्रन्थहरुमा बहुत गोपनीय तरिकाले राखिएको छ| प्राचिन ग्रन्थ 'बृहद्सदाशिव संहिता'लगायतक ग्रन्थमा त्रिधा लीलालाई बहुत सुन्दर तरिकाले बर्णन गरिएको छ, जसको यहाँ ब्याख्या छ , जुन पढेर कुन कुन कृष्णको लिला कहाँ कहाँ भए र जन्माष्टमीको महत्व बारे बुझ्न सकिन्छ |


ब्रज लीला पश्चात् जब अक्षरातीतको आवेश योगमायाको ब्रह्माण्डमा गयो तब श्री कृष्णले वृन्दावनबाट सुरिलो बांसुरी बजाउनुभयो र बांसुरीको आवाज सुनेपछि सबै गोपिहरुले आफ्नो तन छोडेर योगमायाको ब्रह्माण्डमा महारास खेल्न गए अनि मोहतत्वसहित यो ब्रजवाला ब्रह्माण्डको महाप्रलय भयो । सो आनन्दको लीला चलेको बेलामा वेद ऋचा श्रुतिहरुले स्तुति गरेर श्रीकृष्णजीलाई आफुहरुले पनि सखीहरुले जस्तै आनन्दको लिला हेर्ने पाउँ भनि बिन्ति गर्छन। श्रीकृष्णजी ले गोलोकी कृष्णजीलाई ती श्रुतिसखिसँग रासलिलाको गर्ने आज्ञा दिनुहुन्छ | त्यस पश्चात योगमायाको शक्ति द्वारा उत्पन्न महामोहसागरको अन्दर फेरी नयाँ प्रपञ्चमयी ब्रह्माण्ड बनेर प्रकट भएको कुरा पुराण संहितामा स्पस्ट छ । तर, श्रीमद्भागवत् मा स्पस्ट बर्णन गरिएको छ कि गोकुलबासिहरुले बिहान उठ्दा आफ्नो पत्निहरु (गोपियों) आफ्नै पासमा ओछ्यानमा रहेको पाए । यहाँ बुझ्नुपर्ने कुरो के छ भने यी बिहान उठ्दा ओछ्यानमै सुतिरहेका गोपिहरु परमधामक ब्रह्माबासना थिएनन् जसलाई पूर्व ब्रह्माण्डको महाप्रलयको बारेमा नै थाहा नै थिएन र यिनीहरु बिलकुलै नयाँ प्रपञ्चमयी ब्रह्माण्डमा थिए। र, ब्रह्मवासनाहरु ब्रज, रासलिला सम्पन्न गरि परमधाममै जागा भईसकेका थिए | यो नयाँ ब्रह्माण्डमा गोलोक (योगमाया) श्रीकृष्ण र वेद ऋचा कुमारि गोपि सखिहरुले ब्रजलिलाको अनुकरण गरि आनन्द लिन्छन।

'बृहद्सदाशिव संहिता' ग्रन्थको श्रुति रहस्य अध्यायमा वर्णन गरिएको छ - परब्रह्मको आनन्द स्वरूपा जो सखिहरुले ब्रज र वृन्दावनमा लिला गरेका थिए , उनीहरु कलियुगमा पुनः प्रकट भएर जाग्रत भई पुन: परमधाम जानेछन । सोहि अनुरुप यो २८औ कलियुगमा परमधामबाट ब्रह्मबासनाहरु जगानीको खेल हेर्न यस जगतमा आएका हुन् |
यसरि, श्रीकृष्णजीको त्रिधा लीलाको रहस्य बहुत गोपनीय तरिकाले शास्त्रमा राखिएको छ। जुन श्री देवचन्द्रजी र श्री प्राणनाथ महाराजको बाणी र वहाँहरुद्वारा स्थापना गरिएको निजानन्द दर्शन र तारतमद्वारा स्पस्टसँग बुझ्न सकिन्छ |
1.श्रीकृष्ण: अक्षरातीत धाममा रहनु हुने अबिनासी रुप (ब्रज र वृन्दावनमा रासलिला गर्ने /one god/ point energy source of universe)
2. गोलोकी कृष्ण: सखीहरु संग मथुरामा ७ दिन रास लिला गर्ने / कंश र असुरहरु नास गर्ने
३. बिष्णु कृष्ण : बिष्णुको रुप / महाभारतमा अर्जुनको सारथि र परामर्षदाता/ द्वारिकानरेश

अन्त्यमा, फेरी पनि श्रीकृष्ण प्राकाट्य महोत्सवको शुभकामना ! यस नाटकरुपी जीवनको रहस्य बुझ्न श्रीकृष्ण प्रणामी धर्म महोत्सव-२०७१को सन्ध्याकालीन कार्यक्रम अन्तर्गत प्रस्तुत गरिएको नाटक ‘ परमधामदेखि परमधामसम्म' को लिंक राखिएको छ, सो हेरेर पनि धेरै जानकारी पाउन सकिन्छ| भागदौडको हाम्रो यो जिबनमा आजको यो पबित्र दिन अलिकति फुर्सद निकालेर श्रीकृष्णको स्तुति गरौ | साथै यस वर्षको श्रीकृष्ण प्राकट्य महोत्सव भाद्र आज श्री नवतनधाम, काठमाडौं लगायत मठ मन्दिर, सत्संग स्थलहरुमा भव्य रुपमा मनाइरहिएको हुँदा उक्त कार्यक्रममा सपरिवार पाल्नु भई आफ्नो जीवनलाई धन्य बनाउन हुन हार्दिक निमन्त्रणा गर्दछौं ।
प्रणाम ||